बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

निजी क्षेत्रलाई खोप ल्याउनका लागि रोक्ने छैनौं: मन्त्री त्रिपाठी

मंगलबार, पुष २८ २०७७

सरकारले कोभिड–१९ विरुद्धको खोप आयातमा निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई पनि अनुमती दिने वताए । ‘निजी क्षेत्रलाई पनि खोप ल्याउनका लागि रोक्ने मनिस्थितीमा छैनौं, पहिला सरकारले ल्याउँछ त्यसपछि निजी क्षेत्रका बारेमा निर्णय हुनेछ’– उनले भने।

छिमेकी राष्ट्रभन्दा खोप लगाउन नेपाल पनि धेरै पछि नपर्ने उनले विश्वास दिलाए । खोपका लागिका लागि १६ हजार खोप केन्द्र वनाउने तथा ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने त्रिपाठीले बताए।

खोप प्राप्त गरेको ७ दिनभित्रै खोप कार्यक्रम सुरु गर्न तयार रहेको बताएका उनले खरिद प्रक्रिया पारदर्शी र वितरण समतामूलक हुने वताए ।

कोभ्याक्सबाट २० प्रतिशत सुनिश्चितता भएको समेत उनले जानकारी दिए। सुरुमा फ्रन्टलाइनर, दीर्घरोगी र वृद्धहरूलाई भ्याक्सिन दिइने उनको भनाई छ ।