बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, पुष २२ २०७७

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस  को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा १४४ महिला र २६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १८९९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

हाल देशभर ५ हजार १३३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १६०८ जनाको होम आइसोलेसनमा छन् भने १९७ जनाको आईसीयू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।