मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

मंगलबार, कार्तिक १७ २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध मुद्दा पेस गरेको हो।

अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको दाबी गरेको छ। उक्त मुद्दा विशेष अदालतमा रुजु हुने क्रममा रहेको छ।

यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ।

नेपालविरुद्ध सार्वजनिक जग्गासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा पेस भएसँगै उनीविरुद्ध विशेष अदालतमा दुईवटा मुद्दा पुगेका छन्।