साताको पहिलो कारोबार दिन सोमबार नैं नेप्से घटेको छ । दशैंका लामो बिदापछि आज खुलेको नेप्से सुरुवाती समयमा सामान्य अंकले बढेपनि अन्तिम समयसम्म आईपुग्दा नेप्से चार दशमलव ३४ अंकले घटेर २६ सय २९ दशमलव ८२ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १७ अंकले घटेर चार सय ७५ दशमलव ७७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४१ वटा कम्पनीहरुको ३८ हजार सात सय ८८ पटकको कारोबारमा एक करोड तीन लाख ४३ हजार सात सय नौं कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब२४ लाख २१ हजार एक सय ६८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेको छ । जसमध्ये जलबिद्युत समुहको सुचक आठ दशमलव ७५ अंकले बढेर तीन हजार पाँच सय ७० दशमलव ७२ अंकमा पुगेकोमा उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः एक सय नौं दशमलव ७४, शुन्य दशमलव शुन्य तीन र ३५ दशमलव ५६ अंकले बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ८३ अंकले घटेर १५ सय ६६ दशमलव ६३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ६६ दशमलव ९१ अंकले घटेर पाँच हजार चार सय ४४ दशमलव १० अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि सात दशमलव ८५ अंकले घटेर २१ सय ९१ दशमलव ४४ अंंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ५३ दशमलव २३ अंकले घटेर ११ हजार आठ सय ८६ दशमलव ३८ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव ८६ अंकले घटेर नौं हजार पाँच सय १० दशमलव ५२ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः ३३ दशमलव ७६, शुन्य दशमलव २९, १५ दशमलव ४० र पाँच दशमलव ५२ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चिर्खा हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।