मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठद्धारा राजीनामा

सोमबार, कार्तिक ९ २०८३

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

कम्पनीको सञ्चालक समितिको कात्तिक ८ गते बसेको बैठकले श्रेष्ठले दिएको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ । साथै, बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई कात्तिक १० गतेदेखि लागू हुने गरी कायम मुकायम सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।