मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

कोजाग्रत पूर्णिमाको पूजाका लागि राष्ट्रपति पौडेल नवदुर्गा मन्दिर जाँदै

आइतबार, कार्तिक ८ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कोजाग्रत पूर्णिमाको अवसरमा पूजाआराधना गर्न भक्तपुरस्थित नवदुर्गा मन्दिर जाने भएका छन्।

राष्ट्रपतिको सचिवालयका अनुसार पौडेल आज अपराह्न ३ बजे नवदुर्गा मन्दिर पुग्ने कार्यक्रम छ।

विजया दशमीको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा मनाइँदैछ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म राष्ट्रप्रमुखले विभिन्न शक्तिपीठको दर्शन तथा पूजाआराधना गर्ने परम्परा छ।

कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा मन्दिरमा पूजाआराधना गरेसँगै राष्ट्रप्रमुखबाट दसैंका अवसरमा गरिने शक्तिपीठ दर्शन तथा पूजाको क्रम सम्पन्न हुनेछ।