काठमाडौं । चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाले आपतकालीन व्यवस्थापन ब्यूरोलाई उद्धृत गर्दै जनाएअनुसार भूकम्पका कारण तीन सयभन्दा बढी घर तथा अन्य संरचना भत्किएका छन्।
सिजाङ स्वायत्त क्षेत्रको नाग्छु शहरअन्तर्गत बाकेन काउन्टीमा गएराति १० बजेर ३३ मिनेटमा भूकम्प गएको थियो।
भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ। घटनामा भएको क्षति र प्रभावितको अवस्थाबारे थप विवरण आउन बाँकी छ।