मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

तराईमा बिहान हुस्सु, हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

शुक्रबार, कार्तिक ६ २०८३

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।