मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

बिहिबार, कार्तिक ५ २०८३

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ।

विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका र जमरा लगाएकाहरू आज टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गर्छन्। दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी खुसी साटासाट गर्ने परम्पराले यस पर्वको सांस्कृतिक र सामाजिक महत्त्वलाई थप उजागर गरेको छ।

नेपालका केही स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने परम्परा रहे पनि अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने चलन छ। यस अवधिमा टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद ग्रहण गर्ने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नवदुर्गा भवानीको प्रसादस्वरूप कोजाग्रत पूर्णिमासम्म दसैँको टीका र जमरा लगाएर आशीर्वाद लिन सकिन्छ। यही परम्पराअनुसार दसैँको टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम पूर्णिमासम्म जारी रहनेछ।