नेप्से बढेको छ । अघिल्लो दिन २१ दशमलव ३२ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार चार दशमलव ५६ अंकले बढेर २६ सय २५ दशमलव ८२ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य एक अंकले बढेर चार सय ७५ दशमलव ९८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४९ वटा कम्पनीहरुको ३८ हजार आठ सय ७१ पटकको कारोबारमा एक करोड ३६ लाख २४ हजार चार सय सात कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७१ करोड ७० लाख २८ हजार एक सय चार रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बंैंक समुहको सुचक दुई दशमलव ६१ अंकले घटेर १५ सय ७३ दशमलव शुन्य सात अंकमा झरेकोमा उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः छ दशमलव ८८, तीन दशमलव ५४ र १७ दशमलव ९४ अंकले घटेका छन् । यि बाहेक बिकास बैंक समुहको सुचक १९ दशमलव ६५ अंकले बढेर पाँच हजार चार सय ८७ दशमलव ५६ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि २२ दशमलव ५८ अंकले बढेर २२ सय चार दशमलव शुन्य आठ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ४७ अंकले बढेर तीन हजार पाँच सय ४२ दशमलव ५० अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि १९ दशमलव २९ अंकले बढेर ११ हजार नौं सय ३१ दशमलव ५९ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ३४ अंकले बढेर नौं हजार पाँच सय ८६ दशमलव ३३ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः १८ दशमलव ६३, शुन्य दशमलव ७३, १७ दशमलव २० र शुन्य दशमलव शुन्य चार अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बेनी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ बैंकको ऋणपत्र २०८९ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने कुमारी बैंक पहिलो स्थानमा परेको छ ।