मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

मुक्तिनाथ विकास बैंकलाई ‘नेपालपे अवाड्र्स’ मा तीन विधामा सम्मान

बुधबार, असोज २८ २०८३

का

मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालपेद्वारा आयोजित ‘नेपालपे अवाड्र्स’ कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीन विधामा अवार्ड प्राप्त गर्न सफल भएको छ ।

बैंकले डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा अवार्ड प्राप्त गरेको हो । बैंकले आफ्नो मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकमान्तर गरेकोमा, मोबाइल एपमार्फत सबैभन्दा धेरै क्युआर भुक्तानी गरेकोमा तथा क्युआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेकोमा तीन वटा विधामा अवार्ड प्राप्त गरेको हो ।

डिजिटल भुक्तानी सेवाको प्रवद्र्धन तथा विस्तारमा बैंकले पुर्‍याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धता र उपलब्धिलाई प्रतिबिम्बित गरेका छन् । साथै, ग्राहकलाई सहज, सुरक्षित तथा प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न बैंकले गर्दै आएको प्रयासलाई समेत थप प्रोत्साहन मिलेको छ । यस उपलब्धिले आगामी दिनमा डिजिटल बैंकिङ सेवालाई अझ परिष्कृत, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै ग्राहकलाई नवीनतम वित्तीय सेवाहरू प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ ।

यस गौरवपूर्ण उपलब्धिमा साथ र सहयोग प्रदान गर्नै सम्पूर्ण ग्राहकवर्ग, साझेदार संस्था तथा कर्मचारीहरूप्रति मुक्तिनाथ विकास बैंकले हार्दिक आभार व्यक्त गरेको छ ।