काठमाडौं। नेपालका लागि इन्डोनेसियाकी राजदूत लिस्त्योवती र आईएमई समुहका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालबीच भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र इन्डोनेसियाबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा साझा मूल्य–मान्यताका विषयमा चर्चा भएको थियो।
कार्यकारी अध्यक्ष ढकालले नेपाल र इन्डोनेसियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महामहिम लिस्त्योवतीले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै उनको आगामी कार्यकाल सफल, सुखद तथा उपलब्धिमूलक रहने विश्वाससहित शुभकामना व्यक्त गरेका थिए।
राजदूत लिस्त्योवतीले हाल बंगलादेशको ढाकामा रहेर कूटनीतिक जिम्मेवारी निर्वाह गर्दै आएकी छिन्।