मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, १७ अंकले बढ्दा चार अर्ब ८३ करोड रुपैंयाँको शेयर किनबेच

शुक्रबार, असोज २३ २०८३

साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन दुई दशमलव ३१ अंकले बढेको नेप्से आज पुन १७ दशमलव १५ अंकले बढेर २५ सय ९१ दशमलव ८० अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८० अंकले बढेर चार सय ६५ दशमलव ८५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५३ वटा कम्पनीहरुको ५२ हजार ४४ पटकको कारोबारमा एक करोड २९ लाख पाँच हजार नौं सय ४२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैंयाँ ७९ पैसा कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दशमलव १७ अंकले बढेर १५ सय १७ दशमलव २५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ३० अंकले बढेर तीन हजार पाँच सय ४२ दशमलव ७७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५१ दशमलव २२ अंकले बढेर ११ हजार छ सय ११ दशमलव ८९ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १६ दशमलव ४१ अंकले बढेर नौं हजार तीन सय ८१ दअशमलव १८ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखारी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिज लाईन इर्नर्जी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने कुमारी बैंक लिमिटेड पहिलो स्थानमा परेको छ।