मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्सेमा उच्च अंकले गिरावट, २० अंकले घट्दा तीन अर्ब २७ करोडको शेयर किनबेच

सोमबार, असोज १९ २०८३

नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नैं नेप्से २० दशमलव ४८ अंकले घटेर २५ सय ६६ दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २३ अंकले घटेर चार सय ५९ दशमलव ७९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५९ वटा कम्पनीहरुको ४४ हजार सात सय ७७ पटकको कारोबारमा ९० लाख तीन हजार तीन सय ८८ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब २७ करोड ९५ लाख नौ हजार आठ सय ३६ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक १० दशमलव ७१ अंकले बढेर बाँकी समुहहरुको सुचक भने घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ७३ अंकले घटेर १४ सय ८३ दशमलव ७३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३६ दशमलव ९५ अंकले घटेर तीन हजार चार सय ८९ दशमलव ६७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८९ दशमलव ५६ अंकले घटेर ११ हजार पाँच सय ६२ दशमलव १४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४५ दशमलव ६५ अंकले घटेर नौं हजार चार सय १२ दशमलव ५१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्टान्र्डड चार्टड बैंकको ऋणपत्र परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा त्रिशुली जलबिद्युत कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ।