काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा अधिकांश खेलाडी एसीसी प्रिमियर कपमा सहभागी टोलीकै छन्। प्रिमियर कपको टोलीबाट हेमन्त धामी बाहिरिएका छन् भने चोटका कारण प्रतियोगिता गुमाएका नन्दन यादवले पुनरागमन गरेका छन्। स्पिनर साहब आलमलाई पनि टोलीमा समेटिएको छ।
अनुभवी खेलाडी सोमपाल कामी, आरिफ शेख र भीम सार्कीले भने यसपटक पनि टोलीमा स्थान बनाउन सकेनन्।
विश्वकप लिग–२ अन्तर्गत नेपालका लागि महत्वपूर्ण मानिएको त्रिकोणात्मक शृङ्खला अक्टोबर ७ देखि ओमानमा सुरु हुँदैछ। शृङ्खलामा नेपालसहित आयोजक ओमान र क्यानाडा सहभागी हुनेछन्।
टोलीमा पूर्वकप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र करण केसीजस्ता अनुभवी खेलाडी छन्। अर्जुन कुमाल, नन्दन यादव र शेर मल्ललाई पनि टोलीमा समेटिएको छ।
१५ सदस्यीय नेपाली टोली :
१. सन्दीप लामिछाने (कप्तान)
२. आसिफ शेख
३. दीपेन्द्रसिंह ऐरी
४. देव खनाल
५. ईशान पाण्डे
६. रोहित पौडेल
७. अर्जुन कुमाल
८. सन्दीप जोरा
९. गुलशन झा
१०. बसिर अहमद
११. करण केसी
१२. नन्दन यादव
१३. ललित राजवंशी
१४. साहब आलम
१५. शेर मल्ल