मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एभरेष्ट बैंकको ३२ औं वार्षिक साधारण सभा सम्पन्न

बुधबार, असोज १४ २०८३

एभरेष्ट बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको बुधबार सम्पन्न भएको सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

सभाले शेयरधनीहरुका लागि पाँच प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, प्रस्तावित बोनस शेयर जारी भएपश्चात् पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित गरिएको बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार सभाबाट आ.व. २०८३/०८४ को लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ।