मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सुनको मूल्य प्रतितोला २ हजार ८ सयले बढ्यो

बुधबार, असोज १४ २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार एक दिनमा सुनको मूल्य २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले वृद्धि भएको महासङ्घले जनाएको छ।