युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा रुसले नेपालसहित ४७ देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन्।
उनले घाना, नेपाल, ताजिकिस्तान, भारतलगायत देशको नाम उल्लेख गर्दै सम्बन्धित सरकारलाई आफ्ना नागरिकलाई युद्धको मोर्चामा पुग्नबाट रोक्न आग्रह गरे। केही विदेशी नागरिक छल र प्रलोभनमा परेर रुस पुगेको तथा युद्धका क्रममा गैररुसी नागरिकलाई युद्धबन्दीका रूपमा समेत फेला पारिएको उनको दाबी छ।
जेलेन्स्कीले कति नेपाली रुसी सेनामा छन्, उनीहरू कसरी भर्ती भए वा कति जनाको मृत्यु भएको छ भन्ने विवरण भने खुलाएनन्।