मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ

सोमबार, असोज ५ २०८३

काठमाडौँ । खेलमा मिलेमतो, अनियमितता तथा ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई आइतबार साँझ पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता अनुपमशम्शेर जबराका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कार्यालय, त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन÷जाहेरीका आधारमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिए ।