काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले वृद्धि भएको हो।
महासङ्घले आइतबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भइरहेको वृद्धि तथा उतारचढावको प्रभाव नेपाली बजारमा परेको महासङ्घले जनाएको छ।