मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

भरत दाहाल पक्राउ

आइतबार, असोज ४ २०८३

विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनलाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको हो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो।

‘साइबर ब्युरोको अनुरोधमा पक्राउ गरेका हौँ। आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइनेछ,’ एसपी कटुवालले भने।

दाहालविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ।

एक कार्यक्रमका सिलसिलामा दाहाल मोरङ पुगेका थिए। उनलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाउने तयारी भइरहेको एसपी कटुवालले जानकारी दिए।