मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सन लाइफ सावधिक जीवन बीमाः सानो–सानो बचतबाट सुरक्षित भविष्यको सुरुवात

मंगलबार, भाद्र ३० २०८३

भविष्यका ठूला आर्थिक आवश्यकताका लागि आजैदेखि योजना बनाउनु आवश्यक हुन्छ । बालबालिकाको शिक्षा, घर निर्माण, व्यवसाय, विवाह वा अवकाशपछिको जीवन—यी सबैका लागि नियमित बचत गर्ने बानी महत्वपूर्ण हुन्छ । तर बचतसँगै जीवनको जोखिमबाट परिवारलाई सुरक्षा दिनु पनि उत्तिकै आवश्यक हुन्छ।

यही आवश्यकतालाई ध्यानमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सन लाइफ सावधिक जीवन बीमा योजना’ सञ्चालनमा ल्याएको छ । यो मुनाफामा सरिक हुने सावधिक जीवन बीमा योजना हो, जसले नियमित बचत र जीवन बीमाको सुरक्षालाई एउटै योजनामा जोड्छ।

बचतसँगै बीमा सुरक्षा
यस योजनाअन्तर्गत बीमा अवधिसम्म नियमित रूपमा बीमाशुल्क भुक्तानी गरी बीमित बीमा अवधि समाप्तिसम्म जीवित रहेमा बीमांक रकम र नियमानुसार आर्जित बोनस एकमुष्ठ रूपमा प्राप्त गर्न सकिन्छ।
बीमा अवधि समाप्त हुनुअघि बीमितको मृत्यु भएमा बीमांक रकम तथा नियमानुसार आर्जित बोनस इच्छाइएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी हुने व्यवस्था छ । यस योजनामा १८ देखि ६५ वर्षसम्मका व्यक्तिले सहभागी हुन सक्छन् । बीमा अवधि ५ वर्षदेखि ५२ वर्षसम्म हुन सक्ने र अधिकतम परिपक्वता उमेर ७० वर्ष रहेको छ । न्यूनतम बीमांक २५ हजार रूपैयाँ छ । बीमाशुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिन्छ।

थप सुरक्षा रोज्न सकिने सुविधा
आवश्यकताअनुसार दुर्घटना मृत्यु लाभ, स्थायी अशक्तता तथा बीमाशुल्क छुट, सन मेडिकेयर, घातक रोग र किरिया खर्चजस्ता अतिरिक्त सुविधाहरू लिन सकिने व्यवस्था रहेको छ।

नियमित बचत गर्ने बानीसँगै परिवारको आर्थिक सुरक्षालाई प्राथमिकता दिने व्यक्तिका लागि सावधिक जीवन बीमा उपयोगी वित्तीय योजना बन्न सक्छ । आजको सानो बचतले भोलिको ठूलो आर्थिक आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउन सक्छ।

थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । हाल सन नेपाल लाइफका देशभर १५० शाखा तथा उपशाखा मार्फत सेवा उपलब्ध रहेको छ।