मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

माछापुच्छे बैंकद्धारा छ प्रतिशत लाभांश घोषणा

आइतबार, भाद्र २८ २०८३

माछापुच्छे बैंकले छ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको यही भदौ २६ गत शुक्रबार बसेको संचालक समितिको पाँच सय ६४ औं बैठकले आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको छ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस सेयर तथा तीन प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्धेश्यका साथ बैंकले देशका सात वटै प्रदेशमा एक सय ५७ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा, एक सय ९३ एटिएम मार्फत १८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।