काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो।
महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६६० रुपैयाँ पुगेको छ। शनिबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै एकैदिन सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो।