सुनसरी । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका १२ बस्ने ३३ वर्षीय बिकास कसई लगायत तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई धरानबाट को.१ ख ४६२६ नम्बरको बसमा चढाई ईटहरी उपमहानगरपालिका ९ स्थित सडकको साईडमा ल्याई गाडी चालक निज बिकास सहित पाँच जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य २ जना हाल फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।