काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली र भारतीय) प्रतिकिलो ८० रुपैयाँ, सानो गोलभेँडा (लोकल) ३० रुपैयाँ, सानो गोलभेँडा (टनेल) ४५ रुपैयाँ र सानो गोलभेँडा (भारतीय) ३५ रुपैयाँ तोकिएको छ।
त्यस्तै, आलु रातो (लाम्चो) प्रतिकिलो ५१ रुपैयाँ, आलु रातो (गोलो) र (मुढे) ५३ रुपैयाँ, आलु रातो (भारतीय) ४० रुपैयाँ, आलु सेतो ४० रुपैयाँ तथा सुकेको भारतीय प्याज ९८ रुपैयाँ रहेको छ।
गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ र तराईको ८० रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३५ रुपैयाँ तथा लाम्चो र डल्लो भन्टा क्रमशः २५ र ४० रुपैयाँ निर्धारण गरिएको छ।
बोडी तने प्रतिकिलो ६० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड) ८० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमास कोसा १४० रुपैयाँ, तीते करेला र लौका ५०–५० रुपैयाँ, परवर (लोकल) ७० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला २० रुपैयाँ तथा झिगुनी ६० रुपैयाँ तोकिएको छ।
त्यसैगरी, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) ४० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र स्कुस ३० रुपैयाँ रहेको समितिले जनाएको छ।
हरियो सागसब्जीमा रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो १५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ निर्धारण गरिएको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २४० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ तोकिएको छ।
कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, न्यूरो १०० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ तथा जिरीको साग र सेलरी ५००–५०० रुपैयाँ रहेको छ। पार्सले प्रतिकिलो १ हजार ८०० रुपैयाँ तथा पुदिना ७०० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ४०० रुपैयाँ, नेपाली केरा दर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती ४०० रुपैयाँ, अनार ३०० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, जुनार २०० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ निर्धारण गरिएको छ।
काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, लोकलक्रस काँक्रो ६० रुपैयाँ, रुखकटहर ५० रुपैयाँ, नास्पाती (लोकल) १०० रुपैयाँ र चाइनिज नास्पाती २५० रुपैयाँ रहेको छ। नेपाली मेवा ८० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, लप्सी ६० रुपैयाँ, किबी ४०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, अमला २०० रुपैयाँ तथा काँचो नरिवल ८० र हरियो नरिवल १७० रुपैयाँ तोकिएको छ।
ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो ५०० रुपैयाँ, अदुवा २५० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो खुर्सानी (लाम्चो र बुलेट) ७०–७० रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ तथा अकबरे खुर्सानी ३०० रुपैयाँ रहेको छ।
भेडे खुर्सानी प्रतिकिलो ५० रुपैयाँ, हरियो लसुन १५० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, सुकेको चाइनिज लसुन २२० रुपैयाँ र नेपाली लसुन २०० रुपैयाँ निर्धारण गरिएको छ। सुकेको र हरियो छ्यापी दुवैको मूल्य प्रतिकिलो २०० रुपैयाँ तोकिएको छ।
समितिका अनुसार सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ तथा ताजा माछा (रहु) ३७० रुपैयाँ निर्धारण गरिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य अधिकतम थोक मूल्य हो। खुद्रा बजारमा भने पसल, स्थान र माग–आपूर्तिअनुसार मूल्य फरक हुन सक्नेछ।