मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पुन घट्यो नेप्से, १० अंकले घट्दा चार अर्ब १६ करोडको शेयर किनबेच

शुक्रबार, भाद्र ५ २०८३

नेप्से पुन घटेको छ । अघिल्लो दिन सात दशमलव १७ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार १० दशमलव ६७ अंकले घटेर २६ सय १८ दशमलव ७२ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५४ अंकले घटेर चार सय ६१ दशमलव ३४ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ४४ वटा कम्पनीहरुको ५९ हजार आठ सय पाँच पटकको कारोबारमा एक करोड २२ लाख सात सय ६५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब १६ करोड ७६ लाख १८ हजार आठ सय ८२ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य तीन अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६६ अंकले घटेर १४ सय ४७ दशमलव ४८ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २५ दशमलव शुन्य तीन अंकले घटेर तीन हजार सात सय २५ दशमलव ९४ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ४३ दशमलव २२ अंकले घटेर ११ हजार पाँच सय ९३ दशमलव ४२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव २० अंकले घटेर १९ सय तीन दशमलव ७६ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्वोत्तम पेन्ट्स नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिलायन्स स्पीनिङ मिल्स लिमिटेड पहिलो स्थानमा परेको छ।