नेप्से पुन घटेको छ । अघिल्लो दिन १९ दशमलव ३४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन बुधबार शुन्य दशमलव २६ अंकले घटेर २६ सय २२ दशमलव २२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य आठ अंकले घटेर चार सय ६१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४६ वटा कम्पनीहरुको ४२ हजार सात सय नौं पटकको कारोबारमा ९५ लाख आठ हजार आठ सय ८२ कित्ता शेयर शेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब २९ करोड ८० लाख १९ हजार पाँच सय ७१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९१ अंकले बढेर १४ सय ४३ दशमलव ९६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ४५ अंकले बढेर १० हजार चार सय ७४ दशमलव ९८ अंकमा पुगेको छ । जलबिद्युत, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक एक दशमलव ४० अंकले घटेर पाँच हजार पाँच सय ३२ दशमलव ६१ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव ७९ अंकले घटेर ११ हजार छ सय ३३ दशमलव ८८ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना इन्जिनियरिङ हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सहास ऊर्जा लिमिटेड पहिलो स्थानमा परेको छ ।