नेप्से पुन घटेको छ । अघिल्लो दिन दुई दशमलव २५ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार १९ दशमलव ३४ अंकले घटेर २६ सय २२ दशमलव ४८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५५ अंकले घटेर चार सय ६१ दशमलव शुन्य नौं अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४७ वटा कम्पनीहरुको ५५ हजार दुई सय ४६ पटकको कारोबारमा एक करोड ५१ लाख ९६ हजार नौं सय ८२ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम पाँच अर्ब सात करोड ३५ लाख १८ हजार छ सय ६२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक १३ दशमलव ४४ अंकले बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ६३ अंकले घटेर १४ सय ४३ दशमलव शुन्य पाँच अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव ५५ अंकले घटेर तीन हजार सात सय १० दशमलव ४१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९० दशमलव ३३ अंकले घटेर ११ हजार छ सय ७० दशमलव ६८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६० दशमलव ६६ अंकले घटेर १० हजार चार सय ५९ दशमलव ५२ अंकमा पुुगेको छ । यसैगरी बिकास बैक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सगरमाथा जलबिद्युत कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने कृषि बिकास बैंकको ऋणपत्र ९नौ बर्षे० पहिलो स्थानमा परेको छ ।