नेप्से घटेको छ । नेप्से आज सोमबार दुई दशमलव २५ अंकले घटेर २६ सय ४१ दशमलव ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य आठ अंकले घटेर चार सय ६३ दशमलव ६४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५० वटा कम्पनीहरुको ५६ हजार आठ सय १८ पटकको कारोबारमा एक करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम पाँच अर्ब ५२ करोड ५५ लाख ११ हजार आठ सय ७२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये जलबिद्युत समुहको सुचक १७ दशमलव १० अंकले बढेर तीन हजार सात सय ४४ दशमलव ८२ अंकमा पुगेको छ भने उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने सात दशमलव ३० अंंकले घटेर १४ सय ५१ दशमलव ६८ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ८२ अंकले घटेर ११ हजार सात सय ६१ दशमलव शुन्य एक अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ६४ दशमलव ८५ अंकले घटेर १० हजार पाँच सय २० दशमलव १९ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी र लघुवित्त समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्वोत्तम पेन्ट्स इण्डस्ट्रीज लिमिटेड परेको भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा फष्र्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड पहिलो स्थानमा परेको छ ।