नेप्से बढेको छ । अघिल्लो दिन शुन्य दशमलव ५५ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार आठ दशमलव ८१ अंकले बढेर २६ सय ५१ दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९७ अंकले बढेर चार सय ६४ दशमलव ५९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४७ वटा कम्पनीहरुको ४५ हजार आठ सय २२ पटकको कारोबारमा एक करोड दुई लाख २५ हजार आठ सय ७४ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा लगानी र सामुहिक लगानी कोष समुहको सुचक घटेका छन् भने व्यापार समुहको सुचक स्थिर देखिएको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७३ अंकले बढेर १४ सय ६१ दशमलव १५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २१ दशमलव शुन्य छ अंकले बढेर तीन हजार सात सय ४० दशमलव ७७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २३ दशमलव ९१ अंकले बढेर ११ हजार सात सय ७१ दशमलव ४३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव १३ अंकले बढेर १० हजार छ सय ३१ दशमलव ६९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मजिङ नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने घलेम्दी हाईड्रोपावर लिमिटेड पहिलो स्थानमा परेको छ ।