झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित अर्जुनधारा नगरपलिका–११ बस्ने २३ वर्षीय मानजित करूवालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय अमर राई र २४ वर्षीय बिकास गिरी रहेका छन् । प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ उल्टी मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ४ ग्राम १ सय १० मिलिग्राम सहित भारत बिहार अररिया पतरा पंचायत–६ बस्ने १९ वर्षीय ईस्मत उल्हा लाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ भोटे पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७० ट्याब्लेट र स्पास्पेन १ सय ७० ट्याब्लेट सहित सोही उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय बुद्ध लिम्बु समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिन्धुलीको दुधौली नगरपालिका–६ पोखेरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ९ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पारेस्ट ८० ट्याब्लेट सहित सुनसरी बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बस्ने २९ वर्षीय बिबेक शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले बा.४ ख ६०३४ नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–८ नागढुङ्गा डेरा गरी बस्ने स्याङजा घर भएका २१ वर्षीय मोहमद ईसाक सरिकलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम, टापेन्टाडोल ३ सय ६६ ट्याब्लेट र ट्रामाडोल ७ सय ९० ट्याब्लेट सहित बुधवबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका–१४ युनिटी टोल बस्ने २६ वर्षीय आबिस्कार सारू मगरको समेत संलग्न रहेको खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा नियन्त्रित लागूऔषध टापेन्टाडोल ९ हजार ट्याब्लेट पारी उनलाई समेत पक्राउ गरेको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ समादैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ सहित बेलडाँडी गाउँपालिका–१ बस्ने २५ वर्षीय रोहित भण्डारी समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटबजारबाट नियन्त्रित लागूऔषध प्रेगाब्लिन ३९ ट्याब्लेट र क्लोनाजेपाम २९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोशन कुँवरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
सूर्यविनायक नगरपालिका–८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–४ मंगलाछेँस्थित श्री जनसेवा आधारभुत विद्यालय नजिकैको गल्लीमा किशोरले मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका मनिषको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत भक्तपुरबाट कर्तब्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
मध्यनेपाल नगरपालिका–७ महखोलास्थित सार्वजनिक जंगलबाट भरूवा बन्दुक २ थान बुधबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं महानगरपालिका–१५ हल्चोकस्थित सडकमा बा.प्र.०१–००७ ख ११५१ नम्बरको बस र बा. प्र–०२–०१५ प ७९७८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने ५९ वर्षीय पुरूषोत्तम महर्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम,थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
महोत्तरीको गौशाला नगरपालिका–२ निरौल गाउँस्थित सडकमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको ज.७ प ७३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोनमा गाउँपालिका–२ बस्ने ४० वर्षीय भरत यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको गौशाला पोलिक्लिनिकमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पहिरोले पुरिएर तीन जनाको मृत्यु
थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति अविरल वर्षासँगै आएको पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन् ।
कमलको घर समेत ६ वटा घरगोठहरू पहिरोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उवाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । साथै पहिरोले पुरिएर घाइते भएका अन्य २ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको छ । पहिरोले पुरिएर वेपत्ता भएका ९ जनाको प्रहरीले खोजी गरिरहेको छ । पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार तथा खोजी कार्य गरिरहेको छ ।