कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म सात अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०५.९६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो आम्दानी ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँ थियो । त्यस्तै, बैंकको खुद फी तथा कमिसन आम्दानी १४.५५ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड १६ लाख रुपैयाँ खुद फी तथा कमिसन आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी पनि ७.६६ प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी १५ अर्ब १९ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १०१.०९ प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ५८ करोड ७१ लाख रुपैयाँ थियो ।
कुमारी बैंकको वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा एक वर्षको अवधिमा ७९ करोड १६ लाख रुपैयाँ धनात्मक भएको छ । यसअनुसार बैंकको लाभांश वितरण क्षमता ३.०२ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १७ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ ।
नक्षेपतर्फ पनि बैंकले वृद्धि गरेको छ । गत आवको असार मसान्तसम्म बैंकको कुल निक्षेप संकलन १०.४४ प्रतिशतले बढेर ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
त्यस्तै, बैंकको कर्जा लगानी ४.०७ प्रतिशतले बढेर २ खर्ब ७० अर्ब ९२ करोड २२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा बैंकको कर्जा लगानी २ खर्ब ६० अर्ब ३२ करोड २३ लाख रुपैयाँ रहेको थियो ।