मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

मुक्तिनाथ विकास बैंकको अटो लोन पाँच दशमलव ५७ प्रतिशत ब्याजदरमा

मंगलबार, साउन २६ २०८३

मुक्तिनाथ विकास बैंक लिमिटेडले नाईमा एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले योजनाअन्तर्गत पाँच दशमलव ५७ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ ।

बैंकका अनुसार विशेष ब्याजदरमा उपलब्ध हुने उक्त अटो लोन योजना २०८३ साल भदौ मसान्तसम्म लागू हुनेछ । सो अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने जनाइएको छ । ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा २४ घण्टाभित्रै अटो लोन उपलब्ध गराउने व्यवस्था बैंकले गरेको छ । यसबाट ग्राहकलाई आफूले रोजेको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल रूपमा कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ । बैंकले यो अटो लोन सुविधा देशभर रहेका आफ्ना एक सय ७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । नाईमा एक्स्पो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन् ।

ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि विशेष अटो लोन योजनाले थप सुविधा र अवसर प्रदान गर्ने बैंकको अपेक्षा छ ।