मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पहिलो दिन नैं घट्यो नेप्से, नौं अंकले घट्दा तीन अर्ब ६७ करोडको शेयर किनबेच

सोमबार, साउन २५ २०८३

साताको पहिलो कारोबार दिन सोमबार नैं नेप्से घटेको छ । नेप्से आज नौं दशमलव शुन्य चार अंकले घटेर २६ सय ४१ दशमलव शुन्य पाँच अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २० अंकले घटेर चार सय ६१ दशमलव ३६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५२ वटा कम्पनीहरुको ५३ हजार पाँच सय २४ पटकको कारोबारमा एक करोड नौं लाख ६६ हजार सात सय ४५ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम तीन अर्ब ६७ करोड ४४ लाख १९ हजार सात सय ६६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये जलबिद्युत समुहको सुचक दुई दशमलव ४८ अंकले बढेर तीन हजार सात सय ३२ दशमलव ४४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि चार दशमलव ९२ अंकले बढेर १० हजार छ सय १२ दशमलव ११ अंकमा पुगेको छ । यसैगरी उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ६५ अंकले घटेर १४ सय ४९ दशमलव ९७ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि नौं दशमलव ८८ अंकले घटेर २३ सय ८८ दशमलव १४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७३ दशमलव ९६ अंकले घटेर ११ हजार सात सय ५४ दशमलव ३२ अंकमा पुगेको छ भने बिकास बैंक, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायवल समृद्धि योजना २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोलु हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।