बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनएमबि सरल बचत फण्ड – इ ले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने

शुक्रबार, साउन २२ २०८३

एनएमबि म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८२/८३ को लागि २०८३ आषाढ मसान्तमा कायम इकाई पुँजी चार अर्ब ८१ करोड १७ लाख ५५ हजार नौ सय ७८ रुपैयाँ ४० पैसाको पाँच दशमलव दुई पाँच प्रतिशत (कर सहित) को दरले हुन आउने रकम २५ करोड ६८ लाख १७ हजार एक सय ८८ रुपैयाँ ८७ पैसा) बराबर नगद प्रतिफल वितरण गर्ने निर्णय भएको छ । कम्पनीका अनुसार यो प्रतिफलको लागि २०८३ श्रावण २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुने छन् ।

प्रतिफल वितरण प्रक्रिया पारदर्शी, व्यवस्थित र नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ। साथै, लाभांश पुनर्लगानी रोज्ने इकाईधनीहरूले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ । पुनर्लगानीमा सहभागी नहुने इकाईधनीहरूको प्रतिफल कर कट्टीपश्चात सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ । एनएमबि क्यापिटल लिमिटेडले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ । कम्पनीले आगामी दिनमा पनि बजारको अवस्था, लगानी अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ ।

लगानीकर्तालाई आफ्नो बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न अनुरोध गर्दै कम्पनीले प्रतिफल वितरण सम्बन्धी थप जानकारीका लागि आफ्नो कार्यालय वा आधिकारिक माध्यममार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।