नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन १३ दशमलव ८२ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार चार दशमलव शुन्य पाँच अंकले घटेर २६ सय ५० दशमलव शुन्य नौं अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १६ अंकले घटेर चार सय ६३ दशमलव ५६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३४ वटा कम्पनीहरुको ४६ हजार नौं सय १२ पटकको कारोबारमा एक करोड तीन लाख १३ हजार नौ सय ७९ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब ७७ करोड ४३ लाख ६१ हजार पाँच सय ४१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये उत्पादनमुलक समुहको सुचक २६ दशमलव ३२ अंकले बढेर १० हजार तीन सय ९४ दशमलव १२ अंकमा चढेकोमा लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ६२ अंकले घटेर १४ सय ६० दशमलव ६३ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव शुन्य नौं अंकले घटेर तीन हजार सात सय २९ दशमलव ९६ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव २८ अंकले घटेर ११ हजार आठ सय २८ दशमलव २९ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २६ दशमलव ४३ अंकले घटेर १० हजार छ सय सात दशमलव १८ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, लगानी, होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर लोहोरे खोला हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।