बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छे बैंक

शुक्रबार, साउन २२ २०८३

माछापुच्छे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको “करदाता प्रोत्साहन उपहार कार्यक्रम” लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जिताँै सुविधा सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रम अन्तर्गत योग्य उपभोक्ताहरूले नियमित लक्की ड्र मार्फत नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंकको मोबाइल बैंकिङ एप मार्फत बैंक वा वालेटको ःभचअजबलत त्तच् मा डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबारहरू स्वतः आन्तरिक राजस्व विभाग ९क्ष्च्म्० को प्रणालीमा समावेश हुने भएकोले यसका लागि छुट्टै दर्ता गर्नुपर्ने आवश्यकता पर्दैन ।

माछापुच्छे बैंकका ग्राहकहरूले एमबीएल एम–स्मार्ट एपमा लग्–इन गरी ‘बिल जितौँ’ मेनुमा प्रवेश गरेपछि आईआरडी उपहार कार्यक्रमका लागि योग्य भएका कुल कारोबार संख्या, योग्य कारोबारहरूको विस्तृत विवरण तथा उपहार विजेता भएको अवस्थामा सम्बन्धित जानकारी एकै स्थानबाट सहज रूपमा हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागले कार्यक्रम अन्तर्गत योग्य कारोबारहरूबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गर्दै प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात रु. १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ । यस अवसरमा माछापुच्छे बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई रु. १०० भन्दा बढीको प्रत्येक खरिदमा मर्चेन्ट क्यु आर मार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान, भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा एमबीएल एम–स्मार्टको बिल जितौँ ‘बिल जितौँ’ आईआरडी” मेनु मार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न अपिल गर्दछौ।

माछापुच्छे बैंक डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित तथा ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहेको जानकारी गराउंदछाँै । बैंकले “डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र रु. १० लाखसम्मको उपहार जित्ने अवसर नछुटाऔँ“ भन्ने सन्देशका साथ ग्राहकहरूलाई कार्यक्रममा सक्रिय सहभागिताको लागि आह्वान गर्दछौ ।