मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्सेको गिरावट कायम नैं, झण्डै १४ अंकले घट्दा चार अर्ब ६२ करोडको शेयर किनबेच

बिहिबार, साउन २१ २०८३

नेप्से घटेको छ । अघिल्लो दिन चार दशमलव ७९ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार १३ दशमलव ८२ अंकले घटेर २६ सय ५४ दशमलव १५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६२ अंकले घटेर चार सय ६४ दशमलव ७३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४७ वटा कम्पनीहरुको ६० हजार तीन सय ८१ पटकको कारोबारमा एक करोड आठ लाख चार हजार चार सय २६ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब ६२ करोड २७ लाख ७७ हजार चार सय ४२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक २० अंकले बढेको छ भने बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ५२ अंकले घटेर १४ सय ६४ दशमलव २६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ३४ अंकले घटेर तीन हजार सात सय ३५ दशमलव शुन्य छ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८० दशमलव ७१ अंकले घटेर ११ हजार आठ सय ६५ दशमलव ५७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव ६४ अंकले घटेर १० हजार छ सय ३३ दशमलव ६१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अप्पर लोहोरे खोला हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एल.एस होराईजन १२ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिडी हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।