नेप्से सामान्य अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से एक दशमलव २० अंकले घटेर २६ सय ८४ दशमलव ३३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ४९ अंकले बढेर चार सय ७० दशमलव ६३ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ४९ वटा कम्पनीहरुको ६३ हजार छ सय ४८ पटकको कारोबारमा एक करोड १४ लाख ४९ हजार नौं सय ८७ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब ५७ करोड २० लाख ८४ हजार दुई सय ३१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये फाईनान्स समुहको सुचक सात दशमलव ३० अंकले घटेर २४ सय २९ दशमलव ४१ अंकमा झरेकोमा छ भने उत्पादमुलक, लगानी, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ९४ अंकले बढेर १४ सय ९५ दशमलव २४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव ३१ अंकले बढेर तीन हजार सात सय १६ दशमलव २७ अंकमा पुगेको छ। जीवन बीमा समुहको सुचक पनि ११ दशमलव ८० अंकले बढेर १२ हजार ५३ दशमलव ९४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३२ दशमलव ८४ अंकले बढेर १० हजार सात सय ८२ दशमलव ८० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट कलर ल्याव लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पनि रिलायन्स स्पीनिङ मिल्स लिमिटेड नैं परेको छ ।