शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

शनिबार, साउन १६ २०८३

काठमाडौँ  । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।

जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति तथा दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली र सञ्जाल प्राधिकरणको नाममा आइसकेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेल आजियाटा लिमिटेडको मिलेमतोमा गैरकानुनी रूपमा लिलाम गरिएको आरोपमा भण्डारी पक्राउ परेका हुन्।

उक्त कार्यबाट सरकारको हकहितमा असर पार्ने गरी गैरकानुनी रूपमा सम्पत्ति लिलाम गरिएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा संलग्नता रहेको खुलेको प्रहरीको भनाइ छ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७० वैशाख २ गते स्मार्ट टेलिकम प्रालिका नाममा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरेको थियो। उक्त अनुमतिपत्र नियमानुसार नवीकरण नभएपछि २०८० वैशाख २ गतेदेखि स्वतः रद्द भएको थियो।