काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
गृहमन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।
घटनापछि गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए। सोही छलफलपछि छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो।
छलफलमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललगायत सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए।