मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, झण्डै आठ अंकले बढ्दा छ अर्ब २६ करोडको शेयर किनबेच

शुक्रबार, साउन ८ २०८३

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन १४ दशमलव १७ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सात दशमलव ९० अंकले बढेर २७ सय ३४ दशमलव ६३ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १६ अंकले बढेर चार सय ७३ दशमलनव ४७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५३ वटा कम्पनीहरुको ७० हजार एक सय ५८ पटकको कारोबारमा एक करोड ३७ लाख ६९ हजार एक सय कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब २६ करोड ७२ लाख २६ हजार सात सय २२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहरुको शेयर कारोबार भएकोमा सात वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ३३ अंकले बढेर १४ सय ८९ दशमलव १२ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ५६ दशमलव शुन्य नौं अंकले बढेर पाँच हजार आठ सय ४० दशमलव ७६ अंकमा पुगेको छ।

जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ६० अंकले बढेर १२ हजार तीन सय १९ दशमलव ५९ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई दशमलव ८५ अंकले बढेर ११ हजार आठ दशमलव ७१ अंकमा पुगेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी र लघुवित्त समुहको सुचक पनि बढेका छन् । फाईनान्स समुहको सुचक भने तीन दशमलव ८७ अंकले घटेर २४ सय ६६ दशमलव ५९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि चार दशमलव ८४ अंकले घटेर तीन हजार आठ सय १६ दशमलव ३३ अंकमा पुगेको छ । यि बाहेक उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट कलर ल्याव लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमा बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिडी हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ ।