नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १४ दशमलव ९५ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार १४ दशमलव १७ अंकले बढेर २७ सय २६ दशमलव ७२ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९८ अंकले बढेर चार सय ७१ दशमलव ३० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३८ वटा कम्पनीहरुको ५७ हजार सात सय ८२ पटकको कारोबारमा एक रकोड ७७ हजार दुई सय २२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार तीन सय ७० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष र अन्य समुहको सुचक घटेकाछन भने बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ५८ अंकले बढेर १४ सय ७१ दशमलव ७२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४२ दशमलव ३२ अंकले बढेर तीन हजार आठ सय २१ दशमलव १८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३५ दशमलव ९७ अंकले बढेर १२ हजार तीन सय १० दशमलव ९० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ७० दशमलव ६० अंकले बढेर ११ हजार पाँच दशमलव ८५ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो एभरेष्ट कलर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखारी स्मल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिलायन्स स्पेनिङ मिल्स लिमिटेड पहिलो स्थानमा परेको छ ।