नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन सात दशमलव २५ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार १३ दशमलव ९५ अंकले घटेर २७ सय १२ दशमलव ५४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १० अंकले घटेर चार सय ७० दशमलव ३१ अंकमा पुगेको छ । तीन सय ४६ वटा कम्पनीहरुको ५६ हजार ९४ पटकको कारोबारमा एक करोड १३ लाख ६२ हजार चार सय ६५ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाईनान्स समुहको सुचक १२ दशमलव १७ अंकले बढेर २४ सय ६३ दशमलव ६८ अंकमा पुगेकोमा उत्पादनमुलक समुहको सुचक पनि बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक चार दशमलव १० अंकले घटेर १४ सय ६६ दशमलव १४ अंकमा झरेकोमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ९१ अंकले घटेर तीन हजार सात सय ७८ दशमलव ८५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८१ दशमलव १६ अंकले घटेर १२ हजार दुई सय ७३ दशमलव ७८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४० दशमलव ४८ अंकले घटेर १० हजार नौं सय ३५ दशमलव ३८ अंकमा पुगेको छ । बिकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट कलर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनसीसी डिबेञ्चर २०८६ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिडी पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।