नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४१ दशमलव ७० अंकले बढेको नेप्से आज सात दशमलव २५ अंकले बढेर २७ सय २६ दशमलव ४९ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १८ अंकले घटेर चार सय ७२ दशमलव ४२ अंकमा झरेको छ । तीन सय ४३ वटा कम्पनीहरुको ७५ हजार १० पटकको कारोबारमा एक करोड ४९ लाख २४ हजार तीन सय दुई कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम छ अर्ब ६७ करोड १० लाख १७ हजार नौं सय ७१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ३८ अंकले बढेर १४ सय ७० दशमलव शुन्य छ अंकमा पुगेको छ भने त्पादनमुलक, लगानी, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । यि बाहेक बिकास बैंक समुहको सुचक भने २३ दशमलव १७ अंकले घटेर पाँच हजार सात सय ५५ दशमलव ६९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि दुई दशमलव १३ अंकले घटेर तीन हजार आठ सय दशमलव ७६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २१ दशमलव ५२ अंकले घटेर १२ हजार तीन सय ४८ दशमलव १३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १६ दशमलव १८ अंकले घटेर ११ हजार ७५ दशमलव ८६ अंकमा पुगेको छ । फाईनान्स, होेटल तथा पर्यटन, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट कलर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नबिल बैंकको ऋणपत्र २०८९ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा रिडी पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।