मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सामान्य अंकले बढ्यो नेप्से, सात दशमलव ५० अंकले बढ्दा चार अर्ब ५६ करोडको शेयर किनबेच

बिहिबार, असार ३२ २०८३

नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन १४ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार सात दशमलव ५० अंकले बढेर २५ सय ९७ दशमलव ८० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९२ अंकले बढेर चार सय ५६ दशमलव ८६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ७१ वटा कम्पनीहरुको ३९ हजार पाँच सय ९५ पटकको कारोबारमा ९४ लाख ६९ हजार ९९ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब ५६ करोड २९ लाख ५० हजार सात सय रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक १५ दशमलव ८० अंकले घटेर २३ सय ६५ दशमलव ५० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १२ दशमलव शुन्य छ अंकले घटेर तीन हजार पाँच सय ३७ दशमलव ३० अंकमा पुगेको छ ।

होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आठ दशमलव ८१ अंकले बढेर १४ सय २६ दशमलव १६ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ३० दशमलव ६० अंकले बढेर ११ हजार नौं सय ३८ दशमलव २४ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि एक सय १९ दशमलव ७३ अंकले बढेर १० हजार आठ सय १४ दशमलव २२ अंकमा पुगेकोमा बिकास बैंक, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल ग्रोथ फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ ।