२० अंकले घट्दा चार अर्ब आठ करोडको शेयर किनबेच
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नैं नेप्से घटेको छ । नेप्से आज २० दशमलव २७ अंकले घटेर २७ सय ३५ दशमलव १४ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६२ अंकले घटेर चार सय ६९ दशमलव ३७ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ५६ वटा कम्पनीहरुको ५६ हजार आठ सय ४५ पटकको कारोेबारमा ९२ लाख ३६ हजार छ सय ७७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब आठ करोड ४८ लाख ९६ हजार एक सय ९० रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा फाईनान्स समुहको सुचक छ दशमलव ८५ अंकले बढेर २५ सय ५७ दशमलव १२ अंकमा चढेकोमा बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ६१ अंकले घटेर १४ सय ४५ दशमलव ६० अंकमा झरेको छ भने जलबिद्युत समुहको सुचक पनि ३६ दशमलव ८३ अंकले घटेर तीन हजार आठ सय चार दशमलव ९६ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव ६९ अंकले घटेर १२ हजार पाँच सय ८३ दशमलव ३४ अंकमा झरेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ९६ दशमलव शुन्य तीन अंकले घटेर ११ हजार चार सय सात दशमलव ९८ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सेन्ट्रल फाईनान्स परेको छ।