काठमाडौं । नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन १३ दशमलव ४६ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि ११ दशमलव ३७ अंकले घटेर २७ सय ५५ दशमलव ४१ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७७ अंकले घटेर चार सय ७१ दशमलव ९९ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ५१ वटा कम्पनीहरुको ५५ हजार चार सय ६७ पटकको कारोबारमा एक करोड २७ लाख ३२ हजार आठ सय ६८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार आठ सय २३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक ६८ दशमलव ९० अंकले बढेर २५ सय ५० दशमलव २७ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि सात दशमलव १४ अंकले बढेर ११ हजार पाँच सय चार दशमलव शुन्य एक अंकमा पुगेको छ। यसैगरी होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव ५३ अंकले घटेर १४ सय ५२ दशमलव २४ अंकमा झरेको छ भने भने बिकास बैंक समुहको सुचक पनि नौं दशमलव ७३ अंकले घटेर पाँच हजार नौं सय पाँच दशमलव ४० अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि २८ दशमलव ६९ अंकले घटेर तीन हजार आठ सय ४१ दशमलव ८२ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव ३३ अंकले घटेर १२ हजार छ सय ५२ दशमलव शुन्य तीन अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुसाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा होटल फरेष्ट इन परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आखुखोला जलबिद्युत कम्पनी लिमिटेड परेको छ ।