मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

शेयर बजारमा करेक्सन, २२ अंकले बढ्दा पाँच अर्ब २६ करोडको शेयर किनबेच

मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन २६ दशमलव २७ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार २२ दशमलव २१ अंकले बढेर २७ सय ७७ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७८ अंकले बढेर चार सय ७३ दशमलव ५१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४६ वटा कम्पनीहरुको ६१ हजार पाँच सय २७ पटकको कारोबारमा एक करोड १३ लाख ८५ हजार एक सय कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम पाँच अर्ब २६ करोड ५२ लाख ७५ हजार दुई सय ९९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक ४६ दशमलव ९२ अंकले घटेर ११ हजार एक सय २० दशमलव ७१ अंकमा झरेको छ भने बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ अंकले बढेर १४ सय ६१ दशमलव २१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २३ दशमलव ८८ अंकले बढेर ३८ सय ९४ दशमलव ९१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३५ दशमलव शुन्य एक अंकले बढेर १२ हजार पाँच सय ५० दशमलव ८० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय १४ दशमलव १७ अंकले बढेर ११ हजार दुई सय ५७ दशमलव ७३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नबिल डिवेञ्चर २०८५ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।